हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु « Arthapath.com
११ आश्विन २०८०, बिहीबार

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु



काठमाडौं । हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । करिब दुई हप्ताअघि बन्द भएको उद्योग आजदेखि सुचारुमा आएको हो ।

आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएर सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उक्त उद्योगले जनाएको छ । बिग्रिएका उपकरण मर्मतसम्हार र थप उपकरण जडान गरी गरिएपछि उत्पादन सुरु गरिएको हो ।

हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणले दिँदै आएको विद्युत आपूर्ति करिब आधाघण्टा अवरुद्ध हुँदा उत्पादन कार्यलाई नियमित राख्न कठिनाइ भएको छ ।


प्रतिक्रिया दिनुहोस्