तिहार लक्षित भारतीय सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध « Arthapath.com
१५ कार्तिक २०८०, बुधबार

तिहार लक्षित भारतीय सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध



काठमाडौँ । भारतबाट सयपत्री फूलको माला ल्याउन नपाइने भएको छ । सरकारले तिहार लक्षित भारतीय सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध लगाएको हो ।

आन्तरिक उत्पादनले माग माग धान्न सक्ने जनाएको छ । बागमती प्रदेश सरकार अन्तर्गत पुष्प विकास केन्द्र गोदावरी ललितपुरले एक सूचना जारी गर्दै तिहारको लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले कार्तिक १ गतेदेखि नै लागू गरी सयपत्री मालाको आयातमा रोक लगाइएको हो ।

अर्को निर्णय नभएसम्म भारतीय सयपत्री माला ल्याउन नपाइने सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्