चाइना ट्रेडको अध्यक्षमा श्रेष्ठ, ६५ करोडभन्दा धेरै लगानी « Arthapath.com
७ मंसिर २०८०, बिहीबार

चाइना ट्रेडको अध्यक्षमा श्रेष्ठ, ६५ करोडभन्दा धेरै लगानी



चाइना ट्रेड बहुउद्देस्यीय सहकारी संस्थाको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ चयन भएका छन् । सस्थाको १६ औं वाषिक साधारण सभाले आगामी चार वर्षको लागि नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।

श्रेष्ठको अध्यक्षतामा निर्वाचित सञ्चालक समितिमा अमरेशचन्द्र बैदार उपाध्यक्ष, सुब्बा श्रेष्ठ सचिव, कृष्णबहादुर गुभाजु कोषाध्यक्ष चयन भएका छन् । किशोर गजाधर खड्का, गणेशकुमार अग्रवाल र मोहन बोहरा सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन् ।

त्यसैगरि लेखा सुपरीवेक्षण समितिकिो संयोजकमा रामेश्वर श्रेष्ठ र सदस्यहरुमा पदम बहादुर गुरुङ एवं सुदर्शन श्रेष्ठ निर्वाचित भएका छन् । ७० लाख शेयर पुँजीबाट १६ वर्ष अगाडि स्थापित उक्त संस्थाको २०८० असार मसान्तमा कुल सम्पत्ति ८४ करोड ६१ लाख पुगेको छ ।

शेयर पुँजी ८ करोड १६ लाख र जगेडा कोष ३ करोड ९३ लाख पुगेको छ । गत आर्थिक वर्षमा संस्थाको निक्षेप ४२ करोड १८ लाख पुगेको छ सहकारीले ६५ करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्