९१ केजी ५१५ ग्राम अवैध लागूऔषध गाँजासहित ३ जना पक्राउ « Arthapath.com
१२ मंसिर २०८०, मंगलवार

९१ केजी ५१५ ग्राम अवैध लागूऔषध गाँजासहित ३ जना पक्राउ



काठमाडौँ । खप्तडछान्ना गाउँपालिका ७ गोर्खाली बस्ने ६४ वर्षीय खडक खड्काको घरबाट अवैध लागूऔषध गाँजा ९१ केजी ५ सय १५ ग्रामसहित खड्का समेत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने अन्य २ जनामा गोरखा अजिरकोट गाउँपालिका २ बस्ने ३८ वर्षीय सन्तोस गुरूङ र पर्सा सुकौली पटौली गाउँपालिका ९ लक्ष्मीपुर बस्ने ५५ वर्षीय राम बहादुर गुरूङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उक्त घर तलासी गर्दा उक्त परिमाणको गाँजा, प्लाष्टिकको बाटा ५ थान, डिजिटल तराजु १ थान, कैँची २ थान, ब्लेड १ थान, कार्टुन टेप ३ थान, ब्रस १ थान, रबर पोका १ थान लगायतका सरसामानहरूसहित उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्