बिपिनको रिहाईको पहल गर्ने मंसिर २३ गते परराष्ट्रमन्त्री साउद कतार भ्रमणमा जाने

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन् । इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक बिपिन जोशीको रिहाईको पहलका लागि उनी मंसिर २३ मा कतार जान लागेका हुन् ।
यसअघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाईका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाईका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए । त्यसअघि मंसिर ७ गते (बिहीवार) उनले जोशीको रिहाईका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए ।

परराष्ट्रमन्त्री साउदले आज (बुधबार) गृहजिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा बिपिन जोशीका बुवा आमासँग पनि भेट भएको छ। कतार बसाइँका क्रममा उनी दोहा २१ औं फोरममा पनि सहभागी हुनुहुने छ। डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ।