मौद्रिक नीति: के-के हुन् कार्यान्वयन भएका पाँच व्यवस्थाहरू ? « Arthapath.com
२० मंसिर २०८०, बुधबार

मौद्रिक नीति: के-के हुन् कार्यान्वयन भएका पाँच व्यवस्थाहरू ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको व्यवस्था र कार्यान्वयनको विषयमा अर्थसमितिलाई जानकारी गराएको छ ।

बुधवार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठकमा राष्ट्र बैंकले मौद्रिक नीति मार्फत गरिएको पाँच वटा व्यवस्था र कार्यन्वयन सम्वन्धी जानकारी गराएको हो ।

बैठकमा गभर्नर अधिकारीले देशको वर्तमान वित्तीय अवस्थासहितको नोट पेस गरेका थिए । सोही क्रममा चालु आवको मौद्रिक नीतिले गरेको व्यवस्था र कार्यान्वयनको बारेमा पनि अवगत गराएका हुन् ।

बैठकमा २५ लाखसम्मको व्याक्तिगत हायरपर्चेज/व्याक्तिगत अटो लोनमा जोखिम भार १०० प्रतिशत र सेयर धितो कर्जामा प्रवाह हुने ५० लाखसम्मको कर्जाको जोखिम भार १०० प्रतिशत कायम गरिएको जानकारी गराइएको थियो ।

यस्तै, जग्गा अधिग्रहण र विकास उदेश्यकका लागि नेपाल सरकारबाट दर्ता भएका इजाजत प्राप्त संस्था परियोजनाका लागि हुने प्रवाह हुने कर्जामा जोखिम भार १०० प्रतिशतमा घटाइएको पनि जानकारी गराइएको थियो ।

त्यसैगरि पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्याक्तिलाई २ करोडसम्मको आवासीय घर कर्जामा ‘लोन टू भ्यालू रेसियो’ बढीमा ७० प्रतिशतसम्म कायम गरिएको र नीतिगतदरलाई ५० प्रतिशत आधार विन्दु घटाई ६.५ प्रतिशत कायम गरिएको र बैंक दरलाई ७.५ प्रतिशत यथावथ राखी निक्षेप संकलन दरलाई ५.५ प्रतिशतबाट घटाई ४.५ प्रतिशत कायम गरिएको जानकारी गराइएको थियो ।


प्रतिक्रिया दिनुहोस्