एसीसी १९ वर्षमुनिको एसिया कपमा नेपालले पाकिस्तानसँग खेल्दै, खेल युट्युब च्यानलमा हेर्न सकिने « Arthapath.com
२२ मंसिर २०८०, शुक्रबार

एसीसी १९ वर्षमुनिको एसिया कपमा नेपालले पाकिस्तानसँग खेल्दै, खेल युट्युब च्यानलमा हेर्न सकिने



काठमाडौँ । एसीसी १९ वर्षमुनिको एसिया कप आज शुक्रवारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरु हुँदैछ । प्रतियोगिताअन्तर्गत नेपाली युवा क्रिकेट टोलीले पहिलो खेलमा आज पाकिस्तानसँग खेल्दैछ ।

खेल बिहान सवा ११ बजे शुरु हुनेछ । आजै अर्को खेलमा अफगानिस्तान र भारत पनि खेल्दैछन् । प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् । नेपाल रहेको समूह ए मा भारत, पाकिस्तान र अफगानिस्तान छन् । त्यस्तै समूह बी मा घरेलु टोली यूएई, जापान, श्रीलङ्का र बङ्गलादेश छन् ।

नेपालको १९ वर्षमुनिको टोलीको इतिहास हेर्ने हो भने भारत, न्युजिल्यान्डजस्ता टेस्ट टोलीलाई हराएको छ । सन् २०१७ मा नेपालले भारतलाई हराएको थियो । तर अहिलेसम्म नेपाल एसिया कपको फाइनलमा पुग्न सकेको छैन ।

नेपालले दोस्रो खेल पर्सि आइतवार अफगानिस्तानसँग र तेस्रो खेल २६ गते भारतसँग खेल्नेछ । यो प्रतियोगिताको सबै खेलको लाइभ एसीसीको युट्युब च्यानलमा हेर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्