सांसद अमरेशले एनसेलको सेयर खरिद बिक्री प्रक्रिया रोक्न माग गर्दै गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले एनसेलको सेयर खरिद बिक्री प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छ्न ।
शुक्रबार सांसद सिंहको तर्फबाट बालमुकुन्द झाले विभिन्न ६ वटा निकायलाई बिपक्षी बनाइ सर्वोच्च अदालतमा रिट निबेदन दर्ता गराएका हुन् । उनले दर्ता गरेको रिटको पेशी पेशी मङ्सिर २४ गते आइतबार तोकिएको छ ।
मलेसियन कम्पनी आजियाटाले आफ्नो नाममा रहेको ८० प्रतिशत सेयर नेपाली मुलका सिंगापुरका नागरिक शतिशलाल आचार्यको कम्पनीलाई बेच्ने निर्णय गरेको थियो ।