साढे तीन वर्षभित्र काठमाडौँ उपत्यकाको फोहरको दिगो व्यवस्थापन हुनेछः मेयर शाह « Arthapath.com
२९ मंसिर २०८०, शुक्रबार

साढे तीन वर्षभित्र काठमाडौँ उपत्यकाको फोहरको दिगो व्यवस्थापन हुनेछः मेयर शाह



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौँ उपत्यकाको फोहरको दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन्। २९औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले काठमाण्डौ उपत्यकाको फोहरको दिगो व्यवस्थापनका लागि महानगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको भूमिका उत्तिकै रहेकाले सबैले सहयोग गरिदिन आग्रह गरे। उनले अबको साढे तीन वर्षभित्र फोहरको समस्या समाधान हुनेमा आफू आशावादी रहेको बताए ।

मेयर शाहले तीनकुनेको मुआब्जाको समस्यालाई समाधान गर्न सहयोग गरिदिन प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्