गरिमा विकास बैंकले घोषणा गर्यो लाभांश, साढे ९ प्रतिशत बोनस दिँदा नगद कति ?

काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुस ४ गते बुधवार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई दिने लाभांश घोषणा गरेको हो ।
बैंकले यो वर्ष ९.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।