बरहथवा नगरपालिकामा फेरि कर्फ्यु, गोलिले मृत्यु भएको शाहको शव सडकमै « Arthapath.com
२२ पुष २०८०, आईतवार

बरहथवा नगरपालिकामा फेरि कर्फ्यु, गोलिले मृत्यु भएको शाहको शव सडकमै



काठमाडौँ । सर्लाहीको बरहथवा नगरपालिकामा फेरि कर्फ्यु आदेश जारी भएको छ । नगर अस्पताल स्वामित्वका विषयमा झडप हुँदा गएको शुक्रवार एक जनाको ज्यान गएपछि कर्फ्यु आदेश जारी गरेको थियो ।

शनिवार बिहानदेखि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरे पनि स्थानीयले प्रदर्शनलाई जारी राखेपछि प्रशासन कार्यालयले आज आइतवार फेरि कर्फ्यु आदेश जारी गरेको हो । आज दिउँसो पौने १ बजेदेखि लागू भएको कर्फ्यु भोलि सोमवार बिहान ८ बजेसम्म कायम रहने प्रशासन कार्यालयले जनाएको छ ।

शुक्रवार भएको झडपमा बरहथवा–५ का जयशंकर शाहको ज्यान गएको थियो । स्थानीयले आफूहरूको माग पूरा नभएसम्म शव उठाउन नदिने अडान राखेका छन् ।


प्रतिक्रिया दिनुहोस्