महोत्तरीको एकडारा गाउँपालिकासँग प्राधिकरणको बीमा सम्वन्धी अन्तरक्रिया « Arthapath.com
३ माघ २०८०, बुधबार

महोत्तरीको एकडारा गाउँपालिकासँग प्राधिकरणको बीमा सम्वन्धी अन्तरक्रिया



काठमाडौं । नेपाल बीमा प्राधिकरण बीमा सचेतना कार्यक्रमलाई व्यापक रुपमा अघि बढाएको छ ।

देशभर चलिरहेको अभियानमा प्राधिकरणले पछिल्लो पटक मधेश प्रदेशको महोत्तरी जिल्लास्थित एकडारा गाउँपालिकासँग बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि एकडारा गाउँपालिकाका अध्यक्ष दीप नाराण मण्डलले बीमकले बीमितहरुको कुरै नसुन्ने प्रवृत्तिको अन्तय गर्नुपर्ने बताए । उनले समयमै दाबी भुक्तानी दिनुपर्ने व्यवस्था गर्न अनुरोध समेत गरे । कृषकहरूले सहजरूपमा कृषिबालीको बीमा गर्न पाउने व्यवस्था गर्न उनको माग छ । मण्डलले आगामी आर्थिक वर्षमा बीमा शीर्षकमा बजेट विनियोजन गरी बीमा कार्यक्रम लागू गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सोही अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुती दिएका थिए । बीमालाई सेवासँग आवद्ध गरेर अनिवार्य गर्न र गरीब बर्ग पहिचान गरी गाउँपालिकाले नै बीमा गरिदिने व्यवस्था गर्न सुझाव दिए । बीमा गरेपछि दाबी भुक्तानी नपाएमा प्राधिकरणमा जानकारी दिन आग्रह गर्दै कृषितर्फ मौसममा आधारित बीमालेख लागू गर्न लागेको जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस्