गभर्नर अधिकारीले भने,‘एनपिए बढेको होइन ’रियलिष्टीक’ हो, यो साल डिभिडेन्ट कम लिनुस्’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले खराब कर्जा नभई रियलष्टिीक वृद्धि भएको बताएका छन् ।
बैंकिङ्ग क्षेत्रको समस्या र आगामी बाटो विषयक अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । वर्किङ् गाइडलाइन आएपछि स्टिक हुनुपर्दा एनपिए बढेको बताए । यो वर्ष लाभांश कम लिन गभर्नर अधिकारीले आग्रह गरे ।
उनले भने, वर्किङ गाइडलाइन आएपछि स्टिक हुनुपर्दा एनपिए बढ्यो । तर, नेट एनपिए १.५ भन्दा तल छ । डिभिडेन्ट यो वर्ष कम लिनोस् । सोही अवसरमा अर्थतन्त्रलाई सहकारी र अनैपचारिक क्षेत्रले समस्या पारेको अधिकारीले बताए ।