शनिबार काठमाडौंका यी स्थानहरुमा विद्युत आपूर्ति बन्द हुने « Arthapath.com
९ चैत्र २०८०, शुक्रबार

शनिबार काठमाडौंका यी स्थानहरुमा विद्युत आपूर्ति बन्द हुने



काठमाडौं । भोलि अर्थात् चैत १० गते काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार एक दर्जन बढी स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको हो ।

प्राधिकरण प्रणाली संचाल विभाग टेकु सवस्टमा १३२/११ केभी, ४५ एमभिए ट्रान्सफरमर १ र २ लाई समानान्तर गर्न लागेको छ । टेकु स्वस्टेशनबाट आपूति हुने थापथली, त्रिपुरेश्वर, टेकु, क्षेत्रपाटी, सोह्रखुट्टे, ज्याठा, न्यूरोड, भोटेवहा, लगन, सुन्धरा, खिचापोखरी, बसन्तपुर लगायतका स्थानमा बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो ।

तर, उक्त काम तोकिएको समय अघि नै सकिएको खण्डमा भने छिट्टै विद्युत आपूति सूचारु हुने प्राधिकरणले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्