विश्व वित्तीय सप्ताह २०२४: एभरेष्ट बैंकले गर्यो देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम « Arthapath.com
१४ चैत्र २०८०, बुधबार

विश्व वित्तीय सप्ताह २०२४: एभरेष्ट बैंकले गर्यो देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम



काठमाडौं । एभरेष्ट बैंकले पनि विश्व वित्तीय सप्ताह २०२४ देशव्यापी रुपमा विभिन्न कार्यक्रमसहित सम्पन्न गरेको छ ।

नेपाल राष्ट बैंकको संयोेजनमा बिगत वर्षहरुजस्तै यो वर्ष पनि बैंकलचैत ५ गतेदेखि देखी सप्ताव्यापी अभियान संचालन गरेको थियो । एभरेष्टले देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल तथा क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा झन्डै ३ हजार भन्दा बढी विधार्थीहरुमा वित्तीय शिक्षाको महत्व बारे जानकारी गराएको थियो । उक्त कार्यक्रममा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरुले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेतना गरिएको थियो ।

बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६४ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्