होटल बाराहीको व्यापारमा उछाल, ६ महिनामै साढे २३ करोड बढीको कारोबार « Arthapath.com
२० चैत्र २०८०, मंगलवार

होटल बाराहीको व्यापारमा उछाल, ६ महिनामै साढे २३ करोड बढीको कारोबार



काठमाडौं । होटल बाराही प्रालिको व्यापारमा उछाल आएको छ । हाटेलको व्यापार झन्डै दोब्बर बढेको हो । सन् २०२३ मा होटलले २२ करोड ८६ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । तर, यो अघिल्लो वर्ष २०२२ को तुलनामा ९४.७१ प्रतिशत बढी हो । सन् २०२२ मा होटलले कुल ११ करोड ७४ लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

होटल बाराही १९९२ मा स्थापना भएको चारतारे होटल हो । कम्पनीको पोखरा लेकसाइड र काठमाडौंको ठमेलमा चारतारे होटल संचालन गरिरहेको छ । सन् २०२१ भने होटेल १ करोड ६९ लाख रुपैयाँको मात्रै कारोबार गरेको थियो । पछिल्लो समय होटेलको व्यापार बढ्दो क्रममा देखिएको छ । व्यापार बढेसँगै कम्पनीको कारोबारमा पनि बढोत्तरी देखिएको हो ।

सन् २०२४ को ६ महिनामै कम्पनीको कारोबार उल्लेख्य सुधार आएको देखिएको छ । ६ महिनामा कम्पनीले २३ करोड ६२ लाख ५० हजार रुपैयाँ बढीको व्यापार गर्न सफल भएको छ । विशेष पर्यटक आगमनमा सुधार आएसँगै कम्पनीको व्यावसाय बढेको हो ।

यसबाहेक कम्पनीले बाराहीको ७० प्रतिशत सहायक कम्पनी बाराही हाउजिङ एन्ड लिजिङ प्राइभेट लिमिटेड मार्फत तीन तले शपिङ मलको पनि स्वामित्वमा राखेको छ ।

कम्पनीले ९४ करोड रुपैयाँ दीर्घकालिन बैंक कर्जाका लागि रेटिङ गराएको छ । कम्पनीले सो बराबरको ‘इक्राएनपी एलबी प्लस’ रेटिङ पुनः पुष्टि गरेको छ ।


प्रतिक्रिया दिनुहोस्