नेपाल फाइनान्सले कमायो १३ लाख नाफा, प्रतिसेयर आम्दानी कति ? « Arthapath.com
५ बैशाख २०८१, बुधबार

नेपाल फाइनान्सले कमायो १३ लाख नाफा, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिकगरेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको नाफामा भारी गिरावट आएको छ । यो अवधिसम्म कम्पनीको खुद नाफा ८७.२५ प्रतिशतले घटेर १३ लाख १८ हजार रुपैयाँमा खुम्चिएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको खुद ब्याज आम्दानी भने १३.२८ प्रतिशतले बढेर ७ करोड ५९ लाख ५३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको यस्तो आम्दानी ६ करोड ७० लाख ४८ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको इम्पेरमेन्ट चार्ज भने १ करोड ६६ लाख ७८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो चार्ज ऋणात्मक थियो ।

चैत मसान्तसम्म कम्पनीको सञ्चालन मुनाफा ८२.२३ प्रतिशत घटेर १८ लाख ८३ हजार रुपैयाँमा खुम्चिएको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६५ पैसा घटेर २४ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १६८२.४५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८३ पैसा रहेको छ।

७२ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २५ करोड ४० लाख रुपैयाँ सञ्चित छ। चैत मसामन्तसम्ममा कम्पनीले २ अर्ब २४ करोड रुपैयाँ निक्षेपबाट १ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।


प्रतिक्रिया दिनुहोस्