सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार बजार मापन नेप्से परिसूचक १५.४१ अंकले घटेको हो ।
यसदिन परिसूचक १ हजार ९६९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
कारोबार अवधिभर ३२० कम्पनीको ५६ लाख ५६ हजार २८२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५ करोड ८३ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
४९ कम्पनीको सेयर मूल्य बढेको छ, भने १८६ कम्पनीको सेयरमूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
उक्त दिन म्युचुअल फण्डबाहेक अन्य सबै सूचक राताम्य बनेको छ ।
आज पनि लगानीकर्ता गोर्खाज फाइनान्सको सेयरमा झुम्मिएका छन् । आज कम्पनीको ११ करोड ५४ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
जोशी हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, सोना सिमेन्टको पनि सर्वाधिक सेयर खरिदबिक्री भएको छ ।
यस दिन पिपुल्स पावरका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । दोल्ती पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।