भृकुटीमण्डपमा चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो (फोटो फिचर)

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो २०२४ को समुद्घाटनका लागि सबै तयारी पुरा भएको छ । बुधवार विद्युतीय सवारी र्यालीसँगै एक्स्पोको सुरु भएको छ ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को आयोजनामा उक्त एक्स्पो सुरु भएको हो । उक्त एक्स्पोको भोलि अर्थात् बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रुपमा समुउद्घाटन गर्दैछन् ।
एक्स्पोको चौथो संस्करण बैशाख १२ देखि १४ गतेसम्म भृकुटीमण्डपमा आयोजना भइरहेको छ । एक्स्पोमा एक दर्जन देशका ऊर्जा सम्बन्धी १०० भन्दा बढी स्टलहरु रहेका छन् । त्यस्तै विभिन्न ७ वटा प्राविधिक सत्रहरुमा पनि छलफल हुँदै छन् ।

























