वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ « Arthapath.com
८ असार २०८२, आईतबार

वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ



वीरगञ्ज । नबिल बैंकको वीरगञ्ज शाखामा चोरी गरेको आशंकामा प्रहरीले पक्राउ गरेको छ । चोरी प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एक भारतीय नागरिकसहित चार जनालाई मंगलबार साँझ पक्राउ गरेको हो ।

सोमबार बिहान वीरगञ्जको नबिल बैंक बाइपास शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थियो । उक्त घटनाको छानबिनको क्रममा प्रहरीले १ भारतीय नागरिकसहित ४ जनालाई नयन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएकाे छ ।

पक्राउ पर्नेमा रौतहटका सञ्जय जयसवाल, छोटेलाल जयसवाल, भारत बिहार घोडासनका मन्टु पासवान र अर्को एक व्यक्ति रहेका छन् । अर्का एक जनाको परिचय भने खुलेको छैन । उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक कुमार विक्रम थापाले बताएका छन् । 


प्रतिक्रिया दिनुहोस्