अप्रिलमा नेपाल भित्रिए १ लाख ११ हजार पर्यटक
काठमाडौं । अप्रिल महिनामा १ लाख ११ हजार ३ सय ७६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अप्रिलमा सबैभन्दा बढी भारतबाट ३० हजार १ सय ५८ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
अमेरिकाबाट ९ हजार ९ सय ४७, चीनबाट ९ हजार ७ सय ५० र बेलायतबाट ५ हजार ३ सय ९१जना नेपाल भ्रमणमा आएका छन् । त्यसैगरी अस्ट्रेलियाबाट ४ हजार १ सय १०, बंगलादेशबाट ४ हजार ३, फ्रान्सबाट ३ हजार ७ सय ५५ जनाले नेपाल घुमेका छन् ।
यसअघि मार्चमा १ लाख २८ हजार १ सय ७६ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए ।