तेस्रो त्रैमाससम्म कस्तो छ स्वरोजगार लघुवित्तको वित्तीय अवस्था ? « Arthapath.com
२७ बैशाख २०८१, बिहीबार

तेस्रो त्रैमाससम्म कस्तो छ स्वरोजगार लघुवित्तको वित्तीय अवस्था ?



काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.३० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

संस्थाको खुद ब्याज आम्दानी ०.४५ प्रतिशत बढेर २६ करोड ३१ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा संस्थाको खुद ब्याज आम्दानी २६ करोड १९ लाख रुपैयाँ रहेको थियो ।

संस्थाको सञ्चालन मुनाफा पनि ५९.५३ प्रतिशतले बढेर ७ करोड २ लाख रुपैयाँ पुगेको छ। संस्थाको ३ करोड ९९ लाख रहेको छ भने निष्क्रिय कर्जा ०.९१ प्रतिशतले घटेर ५.७२ प्रतिशतमा झरेको छ ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३ रुपैयाँ ४५ पैसा बढेर १४ रुपैयाँ ५४ पैसा पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४५.३२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ७९ पैसा रहेको छ।

६७ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २७ करोड ३७ लाख रुपैयाँ सञ्चित छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले ७ अर्ब ४४ करोड निक्षेप तथा सापटीबाट ७ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।


प्रतिक्रिया दिनुहोस्