एकैपटक २७ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिँदै « Arthapath.com
२७ बैशाख २०८१, बिहीबार

एकैपटक २७ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिँदै



काठमाडौं । सरकारले एकैपटक दुई दर्जन बढी निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको हो ।

विभिन्न सार्वजनिक निकायबाट आएको सिफारीसको आधारमा ती कम्पनीहरुलाई कालोसूचीमा राख्न लागिएको हो । एक सूचना प्रकाशन गर्दै कार्यालयले कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण पेश गर्न अनुरोध गरेको छ ।

ती २७ वटा कम्पनीलाई यसअघि कार्यालयले एक महिनाको म्याद दिएर लिखित स्पष्टीकरण पेश गर्न भनेको थियो । तर, तोकिएको सो समयमा कम्पनीहरुले कुनै जवाफ नदिएको कार्यालयले जनाएको छ । त्यसपछि कार्यालयले ७ दिने सूचना जारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्