माैद्रिक नीतिकाे समिक्षा: गाडी किन्न लचिलाे बन्दै « Arthapath.com
८ असार २०८२, आईतबार

माैद्रिक नीतिकाे समिक्षा: गाडी किन्न लचिलाे बन्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जाको जोखिम भार घटाएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै हायर पर्चेजअन्तर्गत सवारी साधन कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम गर्ने उल्लेख गरेको छ ।

‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिनेछ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ । यसले सवारीसाधनमा कर्जा प्रवाह गर्न बैंकहरूलाई प्रोत्साहन मिल्नेछ ।


प्रतिक्रिया दिनुहोस्