सेयर बजारमा उच्च अंकको वृद्धि : नेप्सेसँगै कारोबार रकम पनि बढ्यो « Arthapath.com
२७ जेष्ठ २०८२, मंगलबार

सेयर बजारमा उच्च अंकको वृद्धि : नेप्सेसँगै कारोबार रकम पनि बढ्यो



काठमाडौं। मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ । साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ४५.६९ अंक बढेर २०६४.४५ विन्दुमा बन्द भएको छ ।

अघिल्लो कारोबार दिन बिहीबार भने नेप्से ०.७९ अंकले बढेर २०१८.७६ को बिन्दुमा बन्द भएको थियो। आज नेप्सेमा आएको वृद्धिसँगै कारोबार पनि बढेको छ ।

कारोबार अवधिभरी ३२३ कम्पनीको एक करोड २२ लाख ४० हजार ८०२ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब २५ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बिहीबार भने कुल ४ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

आइतबार आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेडे मिर्मिरे लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ।

आइतबार माण्डु हाइड्रोपावरको सेयर मूल्यमा नकरात्मक सर्किट लाग्दा पिपुल्स पावरको सेयर मूल्य ७.७, बाराही हाइड्रोपावरको ६.३ र गुराँस लघुवित्तको सेयर मूल्य ५.२ प्रतिशतले घटेको छ। आइतबार कारोबारमा आएका मध्ये २०३ कम्पनीको सेयर मुल्य बढ्दा ४० कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर छ।


प्रतिक्रिया दिनुहोस्