सूर्योदय वोमी लघुवित्तको डेढ लाख कित्ता सेयर बिक्रीमा « Arthapath.com
७ जेष्ठ २०८१, सोमबार

सूर्योदय वोमी लघुवित्तको डेढ लाख कित्ता सेयर बिक्रीमा



काठमाडौं । सूर्योदय वोमी लघुवित्तले डेढ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ५० हजार ८०१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

विद्यमान संस्थापक सेयधनीहरूका लागि मात्रै यो सेयर बिक्रीमा राखिएको संस्थाले जनाएको छ । सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी ललितपुर महालक्ष्मीमा रहेको कर्पोरेट कार्यालय वा सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा पेस गर्नुपर्नेछ ।

निर्धारित मितिभित्र सेयर खरिदका लागि कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्