सिट्रोनको नयाँ भेरियन्ट इेलेक्ट्रिक गाडी नेपाली बजारमा सार्वजनिक हुँदै « Arthapath.com
२५ असार २०८२, बुधबार

सिट्रोनको नयाँ भेरियन्ट इेलेक्ट्रिक गाडी नेपाली बजारमा सार्वजनिक हुँदै



काठमाडौं । नेपालमा सिट्रोन गाडीको आधिकारिक विके्रता सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले नेपाली बजारमा चाडै नै सिट्रोनको नयाँ भेरियन्ट इेलेक्ट्रिक गाडी सार्वजनिक गर्ने भएको छ । लाइनअपमा थप नयाँ सार्वजनिक सँगै सिट्रोनले नेपाली कार उत्साहीहरूलाई अत्याधुनिक प्रविधि, आराम र उत्कृष्ट ड्राइभिङ अनुभवहरू प्रदान गर्ने प्रतिबद्धतालाई निरन्तरता दिएको छ ।

नेपालमा सिट्रोन गाडीहरुको निरन्तर विस्तारमा यो नयाँ भेरियन्टले सिट्रोन गाडीहरुमा पाइने उत्कृष्ट आराम र दक्षतालाई निरन्तरता दिनेछ । सिट्रोनको अफिसियल वेवसाइट तथा शोरूममा गई थप जानकारी लिन सक्नुहुनेछ र सिट्रोनसँग आराम र नवीनताको उत्कृष्ट अनुभव लिन सक्नेछन् ।

सिट्रोन एक प्रसिद्ध फ्रान्सेली अटोमोटिभ ब्रान्ड हो जसको लेगसी १०३ वर्ष भन्दा लामो रहेको छ । अटोमोटिभ उद्योगमा सिट्रोनले नवीनता, डिजाइनमा उत्कृष्टता र इन्जिनियरिङ क्षमताको प्रतीकको रूपमा स्थापित गरेको छ । फ्रान्समा स्थापित सिट्रोनले भारतमा निर्माण कार्यहरूसहित आफ्नो विश्वव्यापी उपस्थिति विस्तार गरिरहेको छ ।

१९१९ देखि, सिट्रोनले सामाजिक परिवर्तनहरू रुपान्तरण गर्न सवारी साधन, प्रविधि, र यातायात समाधानहरू विकास गरेको छ । ग्राहक अनुभवलाई प्राथमिकता दिँदै आइरहेको सिट्रोनले शहरी क्षेत्रका लागि डिजाइन गरिएका इलेक्ट्रिक मोबिलिटी, साथै एसयूभी, सेडान र इलेक्ट्रिक तथा प्लगइन हाइब्रिड पावरट्रेनहरू भएका व्यवसायिक सवारी साधनहरू सहित विभिन्न मोडेलहरू सार्वजनिक गरेको छ । व्यक्तिगत तथा व्यवसायिक ग्राहकहरूको प्रयोजनलाई ध्यानमा राखी बनाइएको अग्रणी ब्रान्ड, सिट्रोन १०१ देशहरूमा अवस्थित छ र विश्वव्यापी रूपमा ६२०० बिक्री र सेवाहरूको नेटवर्क रहेको छ ।


प्रतिक्रिया दिनुहोस्