२२.१४ अंकले घट्यो सेयर बजार, करीब साढे ४ अर्बको कारोबार « Arthapath.com
२७ जेष्ठ २०८२, मंगलबार

२२.१४ अंकले घट्यो सेयर बजार, करीब साढे ४ अर्बको कारोबार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । आइतबार २२.१४ अंकको गिरावट आएको हो। यससँगै नेप्से परिसूचक २१०९.३४ अंकमा ओर्लिएको छ ।

गत साता लगातार बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार कारोबार खुल्दा सामान्य बढेपनि अन्तिम समयमा परिसूचक घटेर बन्द भएको हो ।

कारोबार अवधिभर ३१५ कम्पनीको एक करोड १० लाख ४४ हजार ४८५ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४४ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार २९ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ भने २१५ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थिर छ ।

आज लगानीकर्ताले ‘प्रोफिट बुक’ गर्न खोज्दा सेयर बजारमा करेक्सन देखिएको हो ।

यस कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै सिटी होटलको सेयर मूल्य ८.२४ प्रतिशतले बढ्दा इन्फिनिटी लघुवित्त र विन नेपाल लघुवित्तको सेयर मूल्य क्रमशः ६.३६ प्रतिशत र ६.३५ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्