लगानीकर्तामा आशा जगाउने सरकारको नारा गफमै सीमित, सेयर बजारमा गहिरियो निरासा « Arthapath.com
२७ जेष्ठ २०८२, मंगलबार

लगानीकर्तामा आशा जगाउने सरकारको नारा गफमै सीमित, सेयर बजारमा गहिरियो निरासा



काठमाडौं । बुधबार सेयर बजारमा गिरावट आएको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९.४२ बिन्दुमा झरेको छ ।

मंगलबार मात्र सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेको थियो । बजेटपछि सेयर बजार बढ्ने धेरैको आंकलन थियो । बजेटले पुँजीबजारलाई महत्वका साथ प्रत्यक्ष सम्बोधन नगरे पनि हामी पुर्याउने व्यवस्था गरेको स्वयम् लगानीकर्ताहरूले नै प्रतिक्रिया दिएका थिए ।

पुँजीबजारका लगानीकर्ताहरुको हित संरक्षण गर्नका लागि धितोपत्र बोर्डको संस्थागत सुदृढीकरण गरिने तथा नेपाल स्टक एक्सचेञ्ज र सीडीएसीको संरचनागत सुधार गरिने लगायतका घोषणा बजेटमा गरिएको छ । यसको अलावा अन्य कुनै कुरा बजेटमा उल्लेख छैन ।

बजेट र आर्थिक विधेयकमा नराम्रो नआउनु नै राम्रो भएको अधिकांश लगानीकर्ताले बताएका थिए। बजेटप्रति लगानीकर्ताहरुले मिश्रित प्रतिक्रिया दिइरहेका छन् । कारोबारको सुरुमा बजार बढेपछि बजार बढ्नेमा लगानीकर्ताहरू विश्वस्त थिए । तर लगानीकर्ताको विश्वास निरासामा परिणत भएको छ ।

यसदिन नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । कारोबार अवधिभर ३१४ वटा धितोपत्रको १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ३ अर्ब ७७ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ ।

यसदिन ४ वटा मात्र उपसूचक बढेका छन् । ८ वटा उपसूचक राताम्य बन्दा म्यूचुअल फण्ड समूह भने स्थिर छ । बुधबार ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९१ कम्पनीको सेयर मूल्य घटेको छ ।

युनिलिभर नेपाल, कालिन्चोक दर्शन, अप्पर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

बुद्ध भुमि नेपाल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक घटेको छ । पोखरा फाइनान्सको सर्वाधिक १९ करोड ५२ लाख रुपैयाँको कारोबार गरेको छ ।


प्रतिक्रिया दिनुहोस्