हिमालयन बैंकको साढे १५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा « Arthapath.com
८ असार २०८२, आईतबार

हिमालयन बैंकको साढे १५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौं । हिमालयन बैंक लिमिटेडले साढे १५ लाख कित्ता बढी संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको १५ लाख ५१ हजार २५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं कमलादीमा रहेको बैंकको केन्द्रीय कार्यालयको कानुन विभागमा आवश्यक कागजातसहित निवेदन पेस गर्न सक्नेछन् ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्