सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित
काठमाडौं । प्रतिनिधिसभा बैठकले सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०८१ पारित गरेको छ। बिहीबार बसेको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पेस गरेको सुरक्षण मुद्रणसम्बन्धी विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो।
सरकारले २०७७ असर २४ गते यो विधेयक संसदमा दर्ता गराएको थियो । विधयेक दर्ता भएको १३ महिनापछि राष्ट्रिय सभामा पेस गरिएको थियो ।
विधेयकमा सरक्षण मुद्रणसँग सम्बन्धित सामग्री स्वदेशमा छपाई गर्ने भनिएको छ ।
विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री शर्माले नेपालभित्रै सुरक्षण मुद्रणको काम गर्न भने समय लाग्ने बताइन्।