सेयर बजारको उकालो यात्रामा निरन्तरता, ११९ कम्पनीको सेयर मूल्य बढ्यो « Arthapath.com
२७ जेष्ठ २०८२, मंगलबार

सेयर बजारको उकालो यात्रामा निरन्तरता, ११९ कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौं । सेयर बजारको उकालो यात्राले बुधबार पनि निरन्तरता पाएको छ । बुधबार नेप्से परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ बिन्दुमा पुगेर रोकिएको छ । मंगलबार नेप्से ३३.१५ अंकले बढेको थियो ।

आज ९ उपसमूहका सेयर मूल्य बढेका छन् भने बाँकी ४ उपसमूहक सेयर मूल्य घटेका छन् ।

उक्त दिन नेप्से सँगै कारोबार रकम समेत बढेको छ । कारोबार अवधिभर ३१२ कम्पनीको एक करोड २९ लाख ५० हजार ४०७ कित्ता सेयर ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन ११९ कम्पनीको सेयर मूल्य बढ्दा ११५ कम्पनीको घटेको छ भने १३ कम्पनीको स्थिर रहे ।

मंगलबार ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । उक्त दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक सेयर किनबेच भएको छ । आज कम्पनीको २७ करोड ६३ लाख ६० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सीईडीबी हाइड्रोपावरको २४ करोड ४८ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

आज समृद्धि फाइनान्स र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ । साधना लघुवित्त र ग्रीनलाइफ हाइड्रोपावरको कारोबार पनि सर्किट लेभलमा भएको छ ।

सयपत्री हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, तेह्रथुम पावर, पोखरा फाइनान्स लगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्