बेष्ट फाइनान्सको साढे ३ लाख सेयर लिलामीमा, न्यूनतम मूल्य कति ? « Arthapath.com
४ असार २०८१, मंगलवार

बेष्ट फाइनान्सको साढे ३ लाख सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?



काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको साढे ३ लाख बढी कित्ता सेयर लिलामीमा ल्याएको छ । कम्पनीले ३ लाख ५६ हजार ७४.५७ कित्ता अवितरित संस्थापक (हकप्रद) सेयरमा मंगलबारदेखि लिलाम बढाबढ गरी बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ । इच्छुक लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सक्नेछन् ।

जो कोही व्यक्ति, कम्पनीले किन्न सक्ने यो सेयर खरिदका लागि असार ११ गते सम्म आवेदन दिन सकिनेछ । सेयर आवेदन दिँदा घटीमा एक हजार र बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन फाराम कम्पनीको केन्द्रीय कार्यालय र कमलादी, मिलनचोक, अमरपथ, नेपालगंज, घोराही, इटहरी, नारायणगढ, वीरगञ्ज र न्युरोड शाखाका साथै ग्लोबल आइएमई बैंकको वीरेन्द्रनगर र धनगढी शाखामा पेस गर्न सकिने कम्पनीले जनाएको छ ।

सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्