कांग्रेस-एमाले समीकरणलाई सेयर बजारको ‘ग्रीन सिग्नल’, लगानीकर्ता उत्साहित « Arthapath.com
१८ असार २०८१, मंगलवार

कांग्रेस-एमाले समीकरणलाई सेयर बजारको ‘ग्रीन सिग्नल’, लगानीकर्ता उत्साहित



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उत्साह देखिएको छ । नयाँ सत्ता समीकरणका लागि कांग्रेस-एमालेबीचको सहमतिसँगै जुटेसँगै मंगलबार लगानीकर्ता उत्साहित बनेका हुन् ।

नयाँ सत्ता समीकरणले सेयर बजारमा सुधारको संकेत देखाएको विश्लेषण गरिएको छ । आज प्रि ओपन सेसनबाटै सेयर बजारमा रौनकता देखिएको थियो ।

बजार सेयबजार खुलेको एक मिनेटमै सर्किट ब्रेक लागेर कारोबार २० मिनेटका लागि स्थगित भयो । नेप्से परिसूचक एक मिनेटमै ४.०१ प्रतिशत अर्थात् ८२.४८ अंकले बढ्यो। ११ बजेर २१ मिनेट जाँदासम्म बजार १०२.६८ अंकले बढेर २१५६.०७ विन्दुसम्म पुगेको थियो । त्यसपछि मध्याह्न १२ बजे खुलेको बजार ओरालो लागेको थियो ।   

यद्यपि नेप्से परिसूचक ४७.०४ प्रतिशतले बढेर २१००.४३ बिन्दुमा रोकियो । यस दिन १३ वटै उपसूचकमा हरियाली छाएको छ ।

कारोबार अवधिभर ३१५ कम्पनीको १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता सेयर ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार रुपैयाँमा किनबेच भयो ।

यस दिन २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको सेयर मुल्य घटेको छ । ३ कम्पनीको मूल्य भने स्थिर छ ।

आज एनआएन इन्फास्टक्चरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको १२ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै, गुडबिल फाइनान्स, युनाईटेड इदी मर्दी, हिमालयन डिष्टिलरी, हिमालयन रि, सानिमा जिआईसी, जानकी फाइनान्स, नेपाल फाइनान्स, सिद्धार्थ प्रिमियमको प्रमोटर शेयर र सिईडिबी हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

आज हिमालयन डिष्टिलरीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । त्यस्तै, समाज लघुवित्त, गुडबिल फाइनान्स, नेशनल हाईड्रोपावर, सनराई ब्लुचिप, प्रभु इन्स्योरेन्स, हिमाल दोलखा, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सानिमा जिआईसी र सामलिङ्ग पावर लगायत कम्पनीको पनि सेयर मूल्य सर्वाधिक बढेको छ ।

यो दिन उपकार लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ६.४६ प्रतिशतले घटेको छ । यस्तै आज हिमालयन उर्जा विकासको सेयरमूल्य ६.२१ प्रतिशत र विन्दबासिनी हाईड्रोपावरको सेयरमूल्य २.१७ प्रतिशतले घट्यो ।  

खास गरी लगानीकर्ताले अर्थमन्त्रीमा विष्णु पौडेललाई रुचाएका छन् । कांग्रेस-एमाले समीकरण बन्ने भएसँगै एमालेका विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चा चुलिएको छ । योसँगै सेयर बजारमा पनि उत्साह देखिएको हो । कतिपयले आज असेयर बजार सर्किट लागेर कारोबार रोकिने अनुमान गरेका थिए । तर प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने उद्घोष गरे सँगै लगानीकर्ता संयमित भएको देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्