सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति पुग्यो ? « Arthapath.com
२ असार २०८२, सोमबार

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?



काठमाडौं। आज (आईतबार) नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

यसदिन छापावाला सुन प्रतितोला १ लाख ४५ हजार ५ सय रुपैयाँ कायम भएको छ । यो हालसम्म कै उच्च हो । गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।गत शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४३ हजार ७ रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८९० रुपैयाँ कायम भएको छ


प्रतिक्रिया दिनुहोस्