सेयर बजारमा झिनो अंकको गिरावट

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ४.६२ अंकले घटेर २ हजार १ सय ३६.३५ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७६ अंकले घटेर ३७७.४५ विन्दुमा पुगेको छ ।
कारोबार अवधिभर ३२४ कम्पनीको १ करोड ४ लाख ७५ हजार १८१ कित्ता सेयर ४ अर्ब ५६ करोड ९८ लाख रुपैयाँमा कारोबार भएको छ ।
कुल १३ वटा उपसमूहमध्ये ३ वटा उपसूचक मात्र बढेको छ भने अन्य १० वटा उपसूचक घटेका छन् । आज वित्त समूह ०.२६ प्रतिशत,लघुवित्त ०.९२ र म्युचुअल फण्ड ०.४६ प्रतिशतले बढ्यो ।
आज होटल समूहमा सबैभन्दा धेरै गिरावट आयो । यो समूह आज ०.९५ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.१८ प्रतिशत, विकास बैंक ०.३६, हाईड्रो ०.३९, लगानी ०.२९, जीवन बीमा ०.६२, उत्पादन तथा प्रशोधन ०.१५,निर्जीवन बीमा ०.३३, अन्य ०.५४ र व्यापार समूह ०.८२ प्रतिशतले घट्यो ।
यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २८ करोड ७० लाख बढीको सेयर कारोबार भयो । जानकी फाइनान्स, सीईडिबि हाईड्रो, हिमालयन रि इन्स्योरेन्स लगायत कम्पनी सर्वाधिक कारोबारको अग्रस्थानमा छन् ।
आज समाज लघुवित्तको सेयरमूल्य ९.६८ प्रतिशतले बढेको छ । सिन्धु् विकास बैंकको सेयरमूल्य ५.१६ प्रतिशत र दोर्दी खोला जलविद्युतको ५.०३ प्रतिशतले बढ्यो ।
आज मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात ८.३९ प्रतिशतले घटेको छ ।