यस्तो छ आजको सुनचाँदीको बजारभाउ « Arthapath.com
३० असार २०८१, आईतवार

यस्तो छ आजको सुनचाँदीको बजारभाउ



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमै कारोबार भएको थियो । गत शुक्रबार प्रतितोला १८ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला १ लाख ४६ हजार रुपैयाँ कायम भएको छ । गत शुक्रबार पनि तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार रुपैयाँनै कायम थियो ।

आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्