सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो
बुधबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएर कारोबार भएको थियो ।
यस्तै बुधबार तेजाबी सुन तोलामा १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको छ ।
यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ८९५ रुपैयाँ कायम भएको हो ।