महान्यायाधिवक्तामा रमेश वडाल नियुक्त

काठमाडौँ । महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता रमेश वडाल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार वडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम काठमाडौँ महानगरपालिका–७ चाबहिल निवासी वडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
वडाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता भएका थिए ।