सेयर बजारको उछाल कायमै : बैंकमा झुम्मिए लगानीकर्ता, साढे १५ अर्बको कारोबार « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

सेयर बजारको उछाल कायमै : बैंकमा झुम्मिए लगानीकर्ता, साढे १५ अर्बको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा रौनकता देखिएको छ । बिहीबार सेयर बजार २४०० बिन्दुमाथि उक्लिएको छ।

यस दिन सेयर बजार मापक नेप्से परिसूचक ५९.६८ अंकले बढेर २४२४.३२ बिन्दुमा उक्लिएको छ ।

ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि १६.३७ अंकले बढेर ४३६.१४ बिन्दुमा पुगेको छ।

यस दिन कारोबार रकमले पनि १५ अर्ब नाघेको छ । बिहीबार १५ अर्ब २५ करोड ४३ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार अवधिभर ३१२ कम्पनीको एक लाख ८१ हजार २८० पटकको कारोबारमा ३ करोड ९२ लाख २ हजार ९५८ कित्ता सेयर किनबेच भएको छ ।

आज फाइनान्स र लगानी समूह बाहेक अन्य सबै सूचकमा हरियाली छाएको छ । आज बैंकिङ सेक्टरमा उछाल नै आएको छ । बैंकिङ समूह ६.२८ प्रतिशतले बढेको छ ।

यस दिन १४३ कम्पनीको सेयरमूल्य बढेको छ । ९५ कम्पनीको सेयर मूल्य घट्दा ५ कम्पनीको भने स्थिर छ ।

आज नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसहित ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।नेपाल फाइनान्स, आँखुखोला जलविद्युत, उपकार लघुवित्त र थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।

यता, कुमारी सबल फण्ड, सिन्धु विकास बैंक, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्ससहित ९५ कम्पनीका लगानीकर्ताले भने घाटा व्यहोरेका छन् ।

कारोबारमा भने नेपाल फाइनान्स अगाडि देखिएको छ । कम्पनीको ४२ करोड ४६ लकः ८३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । सर्वाधिक कारोबार हुने अन्य कम्पनीमा अप्पर तामाकोशी, ङदी ग्रुप पावर, शाइन रेसुंगा बैंक, कुमारी बैंक लगायत कम्पनी अग्रस्थानमा छन् ।


प्रतिक्रिया दिनुहोस्