राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक नगर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति नल्याउने भएको छ । आवश्यक तयारी नपुगेको भन्दै आज मौद्रिक नीति सार्वजनिक नगर्ने भएको राष्ट्र बैंकले राष्ट्र बैंक स्रोतले जनाएको छ ।
यसअधि आज बिहान राष्ट्र बैंक सञ्चालक समिति बैठक बसेर मौद्रिक नीति पारित गर्ने बताइएको थियो । तर, सञ्चालक समितिमा मौद्रिक नीतिबारे छलफल गर्ने समय कम भएकाले तत्काललाई रोकिएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समेत मौद्रिक नीतिको मस्यौदाको विषयमा चासो राखेपछि र आफ्नो सचिवालयको राय समेत संलग्न हुनुपर्ने निर्देशन दिएपछि सार्वजनिकका लागि ठिक्क पारिएको मौद्रिक नीति स्थगित गरिएको स्रोतले जनाएको छ ।