बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ किनबेच ? « Arthapath.com
२ असार २०८२, सोमबार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ किनबेच ?



काठमाडौं । बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतिताेला एक हजार रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला एक लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला एक लाख ४६ हजार ३०० र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

बुधबारको बजारमा चाँदीको मूल्य प्रतितोला एक हजार ८०५ रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्