कस्तो आयो धितोपत्र बोर्डको नीति तथा कार्यक्रम ? (पूर्णपाठ)
काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सरकारको १६औं पञ्च वर्षीय योजनामा समावेश भएका पुँजी बजारसम्बन्धी रुपान्तरणकारी रणनीति तथा प्रमुख कार्यक्रमलाई आधार बनाएको बोर्डले जनाएको छ।
चालु आवको बजेट वक्तव्यमा समावेश भएका पुँजी बजारसम्बन्धी नीति तथा कार्यक्रमलाई मुख्य आधारको रुपमा लिएको बोर्डले जनाएको छ।
धितोपत्र बजारलाई थप स्वच्छ, प्रतिस्पर्धी र पारदर्शी बनाई बजारको स्थायित्व तथा लगानीकर्ताको हित प्रवद्र्धन गरी धितोपत्र बजारमा जन विश्वास बढाईने उल्लेख छ।
बोर्डको संस्थागत सुदृढीकरण र संरचनागत सुधार तथा क्षमता अभिवृद्धि गर्दै लगिने, धितोपत्र बजारको थप प्रभावकारी नियमन तथा सुपरिवेक्षण मार्फत्गलत अभ्यासलाई निरुत्साहित गरिने, धितोपत्र बजार र धितोपत्र व्यवसायको नियमन तथा सुपरिवेक्षण कार्यलाई विद्युतीय प्रणालीमा आवद्ध गर्दै लगिने लगायतका नीति तथा कार्यक्रम ल्याएको हो ।
यस्तै, सरकारको बजेट बक्तव्यमा उल्लेख भए बमोजिम वस्तु विनिमय बजार संचालन गर्न कानूनी र संस्थागत व्यवस्था मिलाउने उल्लेख छ।
त्यसैगरि धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी प्रचलित कानूनलाई अन्तर्राष्ट्रिय सिद्धान्त तथा मापदण्ड अनुरुप समयसापेक्ष बनाउने र धितोपत्र बोर्ड तथा धितोपत्र बजार सम्बन्धी छुट्टाछुट्टै ऐन तर्जुमा गर्ने कार्य अगाडि बढाईने, हरित वण्ड, उर्जा वण्ड लगायत अन्य नवीन वित्तीय औजारहरुको निष्काशन तथा कारोवारको सहज एवं भरपर्दो व्यवस्था गर्न आवश्यक कानूनी व्यवस्था गरिने उल्लेख छ ।
धितोपत्र बजारको नियमनलाई व्यवस्थित बनाउने सम्बन्धमा प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिको निर्देशन कार्यान्वयन गरिने नीतिमा उल्लेख छ।
धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाहरुले बोर्ड समक्ष पेश गर्नुपर्ने प्रतिवेदनमा एकरुपता कायम गरिने, पुँजी बजारमा क्षेत्रगत तथा औजारगत विविधता ल्याउन सहजीकरण गरिने, लगानीकर्ताको सशक्तिकरण गर्न देशव्यापीरुपमा पुँजी बजारसम्बन्धी शिक्षा, सचेतना तथा साक्षरता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिईने बोर्डले जनाएको छ।
FfuhcDIS3aGuKYeRtKT0OV0IU0e5QKEvMavLkNIB