घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
३ असार २०८२, मंगलबार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४६ हजार रुपैयाँ कायम भएको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख ४६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४५ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ७४० रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्