१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, अर्धवार्षिक ब्याज भुक्तानी हुने « Arthapath.com
१८ असार २०८२, बुधबार

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, अर्धवार्षिक ब्याज भुक्तानी हुने



काठमाडौं । सरकारले बुधवार १० अर्ब आन्तरिक ऋण उठाउँदैछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले साउन १६ गते १० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र २०९२ जारी गर्न लागेको हो । ११ वर्ष अवधिको ‘विकास ऋणपत्र २०९२’ बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले किन्न सक्नेछन् ।

ऋण दिन इच्छुक आवेदकले बुधबार दिउँसो ३ बजेसम्म आवेदन दिन पाइनेछ । यो ऋणपत्रको निष्काशन भने १७ गते हुनेछ । २०९२ साल साउन १७ गते सावाँ भुक्तानी गर्नेछ । यो ऋणको ब्याज सरकारले अर्धवार्षिक रुपमा भुक्तानी गर्नेछ ।

यो ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुनेछ भने ऋणपत्र धितोमा राखी कर्जा लिन/दिन पाइनेछन् ।


प्रतिक्रिया दिनुहोस्