एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित ५ वटा म्युचुअल फण्डको लाभांश घोषणा « Arthapath.com
१७ श्रावण २०८१, बिहीबार

एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित ५ वटा म्युचुअल फण्डको लाभांश घोषणा



काठमाडौं । एनआईसी एशिया क्यापिटलले विभिन्न ५ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको साउन १६ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ५ वटा म्युचुअल फण्डका इकाईधनीहरूलाई लाभांश वितरण गर्ने भएको हो ।

एनआईसी म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया सेलेक्ट–३० (इण्डेक्स फण्ड)ले १४ प्रतिशत लाभांश घोषणा गरेको छ

त्यसतै, फ्लेक्सी क्याप फण्डले १०.५० प्रतिशत , डाइनामिक डेप्ट फण्डले १० प्रतिशत, ग्रोथ फण्डले ९.५० प्रतिशत र ब्यालेन्सड् फण्डले ९.२५ प्रतिशत प्रतिफल वितरण गर्ने भएका हुन् ।

एनआईसी एशिया बैंक कोष वर्द्धक रहेका यी फण्ड डाइनामिक डेप्ट फण्ड खुलामुखी योजना हो भने अन्य सबै म्युचुअल फण्ड बन्दुमुखी योजना हुन् ।


प्रतिक्रिया दिनुहोस्