सेयर बजारमा सामान्य ‘करेक्सन’, साढे २१ अर्ब नाघ्यो कारोबार « Arthapath.com
१७ श्रावण २०८१, बिहीबार

सेयर बजारमा सामान्य ‘करेक्सन’, साढे २१ अर्ब नाघ्यो कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा करेक्सन देखिएको छ । आज बजारमा सामान्य करेक्सन देखिएको हो ।

यस दिन सेयर बजार मापक नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ बिन्दुमा रोकिएको हो ।

यस दिन सेयर बजार सेयर बजारले २८०० अंक नाघेर फर्किएको हो । ‘इन्ट्रा डे’ मा नेप्से २८०५.५७ बिन्दु पुगेर त्यसपछि ओरालो लागेको हो ।

बुधबार २१ अर्ब ९१ लाख रुपैयाँ बराबरको कारोबारसहित नयाँ रेकर्ड बनाएको भए पनि आज थोरै घटेको छ । यस दिन २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ ।

कुल १३ उपसूचकमध्ये ७ उपसूचकमा रातो पोतिएको छ । फाइनान्स, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, होटल एण्ड पर्यटन, म्युचुअल फण्ड र नन लाइफ इन्स्योरेन्स समूहमा भने बढोत्तरी देखिएको छ ।

सिटी होटल, नेपाल हाइड्रो डेभलपर्स कुथेली बुकरी स्मल हाइड्रोपावर र शुभम् पावरको मूल्य १० प्रतिशत बढेको छ ।

पिपुल्स हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, अपर सोलु हाइड्रो, मन्दाकिनी हाइड्रोपावर लगायत कम्पनीका लगानीकर्ताले भने घाटा व्यहोरेका छन् ।

बिहीबार हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ५९ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, आज शिवम् सिमेन्टको ४३ करोड ८१ लाख रुपैयाँ, सीएचडीसी हाइड्रोपावरको ४२ करोड ५६ लाख रुपैयाँ, नेपाल फाइनान्सको ४१ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्