स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा गिरावट, अन्य सूचक कस्ता छन् ? « Arthapath.com
७ असार २०८२, शनिबार

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा गिरावट, अन्य सूचक कस्ता छन् ?



काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ३० करोड ८९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा ४.५१ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४६ करोड ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खूद ब्याज आम्दानी पनि १३.४६ प्रतिशत घटेर ५ अर्ब १५ करोड रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्षको सोहि अवधिमा यस्तो आम्दानी ५ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो ।

हाल यो बैंकको चुक्तापूँजी ९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । बैंकले समीक्षा अवधिसम्ममा २ अर्ब ४९ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । यो हिसाबले बैंकले यो आर्थिक वर्षका लागि २६.५० प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने क्षमता बनाएको हो ।

बैंकको इम्पेयरमेन्ट चार्जको रुपमा २१ करोड ६१ लाख छुट्याएको छ । अघिल्लो वर्ष यस्तो चार्ज ५९ करोड ८२ लाख रुपैयाँ छुट्याउनु परेको थियो ।

अघिल्लो वर्षको यही अवधिमा १.१८ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर २.१४ प्रतिशत पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ३५.०९ रुपैयाँ, पीई अनुपात १७.१६ गुणा, प्रतिसेयर नेटवर्थ २१८.०४ रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा बैंकले १ खर्ब १२ अर्ब बढी निक्षेप संकलन गरी ८१ अर्ब १४ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा निक्षेप घटे पनि लोन भने बढेको देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्