घट्यो नेपाल फाइनान्सको खुद नाफा, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म १ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा १०.०१ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्ष फाइनान्सले २ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको खुद ब्याज आम्दानी भने १९.८६ प्रतिशतले वृद्धि भएर ११ करोड ७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संस्थाको यस्तो आम्दानी ९ करोड २४ लाख रुपैयाँ थियो ।
कम्पनीकोको खुद ब्याज आम्दानी १९.८६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ७७.९२ प्रतिशत बढेको छ।
सञ्चालन मुनाफा १०.०३ प्रतिशत बढेर २ करोड ५८ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा फाइनान्सको निष्क्रिय कर्जा १२.१६ प्रतिशतबाट घटेर ९.११ प्रतिशतमा झरेको छ।
नाफासँगै फाइनान्सको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी २९ पैसा घटेर २ रुपैयाँ ४८ पैसामा झरेको छ। असार मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २० करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ। त्यस्तै, फाइनान्सको प्रतिसेयर नटेवर्थ १३७ रुपैयाँ ५२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३६०.१५ गुणा रहेको छ।
७२ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा २७ करोड ३८ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा फाइनान्सले २ अर्ब ५५ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। पछिल्लो समय धितोपत्र दोस्रो बजारमा कम्पनीको सेयरमूल्य अस्वाभाविक रूपमा उकालो लागिरहेको छ ।