एभरेष्ट बैंकको नाफासँगै अधिकांश सूचकमा वृद्धि

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म एभरेष्ट बैंकको नाफासँगै अधिकांश सूचकमा वृद्धि देखिएको छ । यो अवधिमा बैंकले ३ अर्ब ७० करोड ६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १०.०७ प्रतिशतले बढी हो । बैंकले आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ३६ करोड २१ लाख १५ हजार मुनाफा आर्जन गरेको छ ।
यस्तै, खुद ब्याज आम्दानी भने ३.३७ प्रतिशतले बढेर ७ खर्ब ६६ अर्ब पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ७ अर्ब ४१ करोड रुपैयाँ खुद ब्याज आम्दाी गरेको थियो ।
गत आर्थिक वर्षमा बैंकको सञ्चालन मुनाफा १६.१८ प्रतिशतले बढेर ५ अर्ब ६० करोड पुगेको हो । बैंकको खराब कर्जा ०.७९ प्रतिशतबात घटेर ०.७१ प्रतिशतमा झरेको छ ।
फि तथा शुल्क आम्दानी २४.७ पव्रतिशतले वृद्धि हुँदा बैंकको कुल सञ्चालन आम्दानी ७.१९ प्रतिशतले बढेर ९ अर्ब ३९ करोड पुगेको हो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।
बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड रुपैयाँ र जगेडा कोषमा १२ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ ।
यस्तै, बैंकको प्रतिसेयर आम्दानी ३१.४५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३३६.०६ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.७१ प्रतिशत रहेको छ । प्रतिसेयर नेटवर्थ २३६ रुपैयाँ ६ पैसा र मूल्य आम्दानी अनुपात १८.२२ गुणा छ ।
गत आर्थिक वर्षमा बैंकले २ खर्ब ३२ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ७९ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।